• 9:33 am

संक्रमित प्रदेश सांसद शर्मालाई हेलिकप्टरमार्फत काठमाडौँ

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०४:१३

वीरगन्ज: कोरोना संक्रमित प्रदेश २ का प्रदेश सांसद ओम प्रकाश शर्मालाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ।

अस्पताल भर्ना भएर पनि स्वास्थ्यमा सुधार नभएपछि कोरोना संक्रमित शर्मालाई हेलिकप्टरबाट बिहीबार दिउँसो थप उपचारको लागि काठमाडौँ ल्याइएको  हो।

उनी एक हप्ताअघि संक्रमित भएपछि होम आइसोलेशनमा बसेका थिए।

तर बुधबार राति स्वास्थ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

वीरगञ्ज महानगरपालिका-१० आदर्श नगर निवासी शर्मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सांसद भएका हुन्। वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका शर्मा सामाजिक कार्यमासमेत अग्रसर रहँदै आएका छन्।

प्रतिकृया