• 5:10 pm

गण्डकी प्रदेशमा थप दुई र कैलालीमा एकैदिन ५ जना संक्रमितको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०४:०३

पोखरा :  गण्डकी प्रदेशमा थप दुई र कैलालीमा एकैदिन ५ जना कोभिड संक्रमितको मृत्यु भएको छ ।

कास्की पोखरा महानगरपालिका १४ का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बेलुका साढे ७ बजे मेडिप्लस अस्पतालमा मृत्यु भएको हो । ७ वैशाखमा कोभिड संक्रमण पुष्टि भएका उनमा श्वासप्रश्वासको समस्या थियो । पोखरा महानगरपालिका ७ का ८९ वर्षीय  ८ गते कोभिड संक्रमण पुष्टि  भएको महिलाको  बिहान होम आइसोलेसनमा मृत्यु भएको हो । गण्डकीमा कोभिड संक्रमितको संख्या २२१ पुगेको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले जारी गरेको विज्ञप्ति अनुसार कास्कीका २ संक्रमितको मृत्यु भएको हो ।

 

 

धनगढीकाे कैलालीमा बिहिवार पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ बस्‍ने ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनको संक्रमण पुष्टि भएको १२ घण्टामै आज बिहान मृत्यु भएको थियो ।

 

यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा-२ का ३३ वर्षीय पुरुष र घोडाघोडी-१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । त्यस्तै कैलालीका गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको १५ गते  सङ्क्रमण पुष्टि भएको होम आइसोलेसनमा मृत्यु भएको छ । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् । उनका अनुसार आजै गोदावरी नगरपालिका-१२ का २८ बर्षीय कोरोना संक्रमित युवकको पनि सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

प्रतिकृया