• 1:13 am

जनताका गुनासा सम्बोधन गर्न सीसीएमसीद्वारा संयन्त्र गठन

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०३:२८

काठमाडौँ : कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ ।

 

सीसीएमसीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन्  ।

 

उनका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सीसीएमसीले अनुरोध गरेको छ ।

 

यसैगरी विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट ccmc.gov.np रहेको फारम भर्न अनुरोध गरिएको छ । यसरी सङ्क्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो ।

 

कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यकामा वैशाख मसान्तसम्म बन्दाबन्दीको घोषणा गरेको छ ।

(रासस)

प्रतिकृया