निषेधाज्ञामा पेट्रोल पम्प खुल्ला रहने
प्रकाशित मिति
२०७८ बैशाख १६ गते, बिहीबार ०३:२०

काठमाडौँ : कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध
गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोल पम्प खुला रहने भएका छन्।
निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल रूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोल पम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ।
उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
राजधानीको अधिकांश पेट्रोलपम्पमा निषेधाज्ञा लागू हुने भएपछि बुधबार उपभोक्ताको ठूलो लाइन लागेको थियो।
आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको छ।
प्रतिकृया