• 10:11 pm

निषेधाज्ञापछि काठमाडौं र भक्तपुर मा यस्तो देखियो (फोटोफिचर)

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०३:१५

काठमाडौँ : कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधआदेशको आज पहिलो दिन । निषेधआदेश जारी भएसँगै काठमाडौँ र भक्तपुर मा आवतजावत कम भएको छ ।  काठमाडौं उपत्यकामा भने पासधारी सवारीसाधन चलिरहेका छन् । ठाउँठाउँमा ट्राफिक प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । सडकमा गुडेका सवारीलाई पनि प्रहरीले निगरानी गरेको छ ।

 

काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

निषेधाज्ञा आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन ।

विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ ।

 

प्रतिकृया