उदयपुर सिमेन्ट उद्योगका प्रबन्धक न्यौपानेले देखाए सय दिनमै सुधार, लगानी थप्न विदेशी लगानी जुटाउन अध्ययन
प्रकाशित मिति
२०७८ बैशाख ११ गते, शनिबार ०३:३२
काठमाडौँ : उदयपुर सिमेण्ट उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपाने गत माघ १ गते उद्योगमा प्रवेश सय दिन पुरा भएको छ । सय दिन पुगेसंगै न्यौपानेले हाल सम्म भएका कामको समिक्षा गर्दै आगामी योजना सार्वजनिक गरेका छन्।
संकट अवस्थामा पुगेको उद्योगलाई पुनर्जिवन दिने अठोट सहित कार्यभार समालेका न्यौपानेले देखिने गरि उद्योग सुधार गरेका छन। सुधार संगै उद्योगमा लगानी थप गर्ने तथा बिदेशी लगानी समेत जुटाउन अध्ययन समेत सुरु गरेका हुन।
कम्पनीका अनुसार, यस अवधिमा सिमेण्ट मिल, किल्न, कोलमिल लगायतका मेसिन उपकरण का समस्याहरु समाधानका लागि भारतबाट बिशेषज्ञ बोलाई सञ्चालन गरी ब्रेकडाउन न्यून गर्न सफल भएका छन् । उद्योगमा कोईला, जिप्सम, आईरनओर, लगायतका इन्धन तथा कच्चा पदार्थहरुको मौज्दात प्राय शुन्य भई इन्धन तथा कच्चा पदार्थको अभाव रहेको अवस्थामा तत्कालै कोईला, जिप्सम लगायतका इन्धन तथा कच्चा पदार्थहरुको ब्यवस्थापन गरि नियमित रुपमा कारखाना सञ्चालन भई रहेकोछ ।
हाल यार्डमा ५ हजार मे. टन भन्दा बढी कोइला तथा १५०० मे टन जिप्सम १ हजार टन आईरन ओरको मौजाद रहेको छ । उद्योगमा स्वीकृत ६१३ दरवन्दी भए तापनि हाल कार्यरत ३३४ जना जनशक्तीहरु कार्यरत रहेकोछ । लामो समय देखि पदपूर्ति नहुदा बिभिन्न पदका कर्मचारीहरु बिभिन्न कारणबाट सेवा निवृत हुदा अत्यावश्यक पदहरुमा कर्मचारीहरु कम भएका छन भने कतिपय पदहरुमा आवश्यकता भन्दा बढी कर्मचारीरहेका छन ।
यस्तो असन्तुलित जनशक्तीको अवस्थामा पनि कारखाना लक्ष्य अनुसार संचालन गरिएको छ । ७७ पौषमसान्त सम्म उद्योगले ६,९८,५८६ बोरा सिमेण्ट बिक्री गरी रु ५२ करोड आम्दानी गरेकोमा २०७७ माघ देखि हाल सम्म ६६०१७३ बोरा सिमेण्ट बिक्री गरी रु ४९ करोड आम्दानी भएको छ । साथै बैशाख ६ गते उद्योगको बिगत ४ बर्षको ईतिहास तोड्दै १७,३६४ बोरा सिमेण्ट बिक्री गर्न सफल भएको छ ।
पौष मसान्त सम्म तत्काल तिर्नु पर्ने दायित्व रु ६६ करोड रहेकामा उद्योबाट नै कमाइ सरकारी राजश्व रु ७ करोड, कर्मचारी सेवा सुविधा भुक्तानी ८ करोड, वस्तु आपुर्ति सेबाको भुक्तानी ३० करोड, अवकाश कोषमा रु ४ करोड गरी रु ४९ करोड भुक्तानी गरी सकिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको काभिड १९को कारण नेपाल विद्युत प्रधिकरणलाई रु २२ करोड भुक्तानी गर्न सकिरहेको थिएन। विद्युत प्रधिकरणले डेडिकेटेड महशुलमा मिलान गर्न सहमति भई चैत्र देखिको महशुल नियमित भुक्तानी गरिएको छ ।
विगतमा विद्युत आपूर्ति बारम्वार अवरोध हुने गरेको र सो सुधारमा नेपाल बिद्युत प्रधिकरणबाट समेत सहयोग भएको । त्यसै गरी मुर्कुची लगायतका स्थानहरुमा उद्योगको प्रशारण लाईनबाट विद्युत आपूर्ति भै रहेकोमा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख स्थानीय निकायका जन प्रतिनिधिहरुको उपस्थितिमा उद्योगको प्रशारण लाईनबाट छुटाएको हँदा यसबाट वार्षिक करिव ५० लाख बचत हुने भएको छ ।
अधिकाँश खरिद सामान्य दरभाउपत्रबाट गर्ने उद्योगले आकस्मिक अवस्थामा बाहेक सामान्य दरभाउपत्रबाट खरिद गर्ने प्रकृयाको अन्त गरी शिलबन्दी बोलपत्र प्रकृयाबाट खरिद कार्य संचालन गर्न सुरु गरेको छ। भारतबाट बिशेषज्ञ बोलाई किल्न शेलको मर्मत गरी उद्योग सञ्चालन गरिएको ।
विगतमा ई.पी (इलेकट्रोस्टटिक प्रोसिपिटेटर) बाट कच्चा पदार्थको धुलो उडिरहेकोमा सोको मर्मत गरी धुलोन्यून गरी प्रदुषण नियन्त्रण गरिएको । कोल मिलको रोलर मर्मत गरी संचालन गरिएको छ भने सिमेण्ट मिलले आफ्नो क्षमता अनुसार उत्पादन नगरीरहेको कारण लाइनर, डाइफ्राम आदि परिवर्तन गरी जडित क्षमतामा संचालन गर्ने प्रयास भएको छ।
कारखाना परिसर तथा आवास परिसरका जग्गा अतिक्रमण रोक्न सूचना संप्रेषण गरिएको । क्लिंकर लगायत मौज्दातमा रहेको सामानको भोतिक जाँच तथा भिडान गर्ने कार्य भै पनि रहेको छ ।
उदयपुर सिमेण्ट उद्योग लि.को उद्योग स्थलवाट २७ कि.मी.मा रहेको खानीमा करीव ७ करोड ३० लाख मे.टन सिमेण्ट उत्पादन हालको क्षमता अनुसार ३०० वर्षलाई पुग्ने मुख्य कच्चा पदार्थ चूनढुंगा रहेको छ । सो चुनढुंगाको अहिलेसम्म उत्खनन गरेका चुनढुंगा मध्ये उच्च गुणस्तरको रहेका ।
आजभन्दा करीव २८ वर्ष अघि जापान सरकारको सहयोगमा जडान भै उत्पादन शुरु गरेको र मापदण्ड मापनका लागि मेसिन उपकरण जडान गरिएको भएता पनि यी मध्ये अधिकांश मेसिन उपकरणहरु मर्मत हुन नसक्ने अवस्थामा पुगेका,कतिपय जीर्ण अवस्थामा रहेका र कतिपय फेज आउट भैसकेको अवस्थामा रहेकोले जडित क्षमताको ५०५ भन्दा कम मात्र उत्पादन भैरहेको अवस्था छ ।
यो उद्योग स्थापना भएपछि शुरुमा ६ सय भन्दा बढीले रोजगारी प्राप्त गरेका थिए भने अहिले पनि ३५० जनाले प्रत्यक्ष रोजगारी पाईरहेका छन् ।अप्रत्यक्ष रुपमा ढुवानी सेवा,सुरक्षा सेवा लगायत ठूलो जनसंख्यालाई सकारात्मक प्रभाव परेको छ । स्थानीय स्तरको लागि आर्थिक उर्पाजनको श्रोत बनेको छ ।
वार्षिक रुपमा करीव ५ करोड अग्रिम कर,करीव ३ करोड अन्तःशुल्क, मुल्य अभिबृद्धि कर लगायत स्थानीय प्रदुषण शुल्क खानी उत्खनन् शुल्क लगायतको राजश्व जोड्दा वर्षेनी करीव अरवको हाराहारीमा राजश्व योगदान पुर्याईरहेको अवस्था छ ।
बित्तीय बिबरण बिश्लेषण गर्दा अहिलेसम्म ५ अरब ५० करोडको नोक्सानी देखिए पनि राजश्वको प्रमुख श्रोतको रुपमा स्थापित उद्योग भएकोले बिभिन्न कोणवाट सकारात्मक प्रभाव परेको अवस्था छ ।
वातावरण अनुकुल उत्पादन गर्न मेसिनहरु जडान गरी वातावरण मैत्री उत्पादनमा जोड दिएको अवस्था छ । स्थानीय तहमा सिमेण्ट सहयोग गरी बिकास निर्माणमा सहभागिता जनाउने गरिएको छ । यस उद्योगकै व्यबस्थापनमा कक्षा १२ सम्म माध्यामिक तहको बिद्यालय संचालन गरी सामाजिक योगदान गरिरहेको अवस्था छ ।
२९ वर्ष पूरानो कारखानामा जडित मिल मेसिनहरु मध्ये अधिकांश मिल मेसिनरी हरु जीर्ण अवस्थामा रहेको करण पटक पटक बिग्रीरहने कारण उद्योग समस्याले ग्रसित छ,जसको कारण मर्मत संभार खर्च बढेको छ भने उत्पादनलाई निरन्तरता दिन नसक्दा “गैडा छाप” सिमेण्टको ब्राण्ड इमेजमै प्रतिकुल अवस्था श्रृजना हुंदै गैरहेको छ । उत्पादन क्षमता बमोजिम उत्पादन हुन नसक्दा उद्योगले ठूलो आर्थिक क्षति बहन गरिरहनु परेको ।
हालको अवस्थालाई सुधार गरी ८ सय मेट्रीक टन सिमेण्ट उत्पादन गर्नका लागि कतिपय मेशिनहरु फेर्नुपर्ने,कतिपय मेसिनहरु मर्मत संभार गर्नुपर्ने र कतिपय मेसिनहरु संचालनमा रहेपनि कुनै कारणले बन्द भएमा बनाउनै नसकिने भएकाले ठूलो खर्च आउने देखिएको छ ।
उत्पादन कार्यको मुख्य ३ वटा भाग मध्ये एक भाग काटेर फेरिसकिएको र करीव २० मिटर काट्न पर्ने अवस्थामा रहेकाले सो काटेर फेर्नेपर्ने अवस्था छ । अर्कोतिर बजार प्रतिस्पर्धाको दृष्टिकोणले हेर्दा सबै निजी कारखानाहरुले अत्याधुनिक उपकरण जडान गरी उत्पादन गरिरहेको अवस्थामा पुरानो प्रविधिवाट प्रतिस्पर्धी हुनै नसक्ने स्थिति भएको छ ।
बिद्यमान परिस्थितिमा उद्योगलाई हालकै क्षमतामा उत्पादन गर्नाका लागि पनि करीव ३५ करोड लगानी गर्नुपर्ने स्थिति छ भने त्यसमा करीव २५ करोड थप लगानी गरी कारखानाको क्षमता प्रतिदिन ३ सय मे.टनको हिसाबले बृद्धि भई ११ सय मे. टन पुग्न जाने संलग्न अध्ययनहरुले देखाएका छन् । प्रविधि छुट्टै जडान गरी नयाँ प्लाण्ट लगाउँदा अरबौको लगानी लाग्ने देखिएको छ।
कम्पनीका अल्पकालिन योजना
किल्न शेल्ल १९.८ मिटर चेन्जका लागि प्राविधिक अनुसन्धान सम्पन्न भई बोलपत्र समेत भएकोले ६ महिना भित्र कार्य सम्पन्न गर्ने लक्ष्य लिई कार्य भै रहेको छ । एक वर्ष भित्र एस.पी. (सस्पेन्सन प्रिहिटर) सिस्टमबाट आर एस पी (रिइनफोर्स सस्पेन्सन प्रिहिटर) सिस्टममा परिवर्त गरी प्रति दिन ३०० मे.टन. क्षमता बढाई ८०० मे.टन. बाट ११०० मे.टन. उत्पादन गर्नेे लक्ष्य लिएको छ।
आगामी एक बर्ष भित्र १ मेगावाटको सोलार प्लाण्टबाट विद्युत उत्पादन गरी कम्तिमा किल्नमात्र संचालन गर्न बिद्युतको वैकल्पीक स्रोत प्रयोग व्यवस्था मिलाउने ।यदि यो सफल भएमा उद्योगबाट ११०० मे टनमा प्रति दिन उत्पादन हुनेछ। हालको मूल्यमा रु १ अर्व २० करोड थप बिक्री भै कुल सिमेण्ट बिक्री आम्दानी ४ अरव भन्दा बढी हुन सक्ने देखिन्छ ।
दिर्घकालिन योजना
खानी क्षेत्रमा ७ करोड ३० लाख मे.टन.सिमेण्ट उत्पादन गर्न सक्ने उच्चस्तरीय चुनढुङ्गा रहेको छ। उद्योगले हाल सम्म त्यसको १० प्रतिशत मात्र प्रयोग गरेको छ । यो अपार चुनढुङ्गा खानीको ५० वर्ष भित्र उपयोग गर्ने गरि रोजगरी-स्वरोजगरी बढाउने, मूल्य अभिबृद्धि कर, अन्तशुल्क, आयकर लगायतका राजश्वको मूल स्रोतको रुपमा यो सिमेण्ट उद्योगलाई बिकास गर्ने उद्योगको योजना छ।
अरवौंको क्लिङ्कर आयात प्रतिस्थापन गर्ने, अन्य नेपालमा स्थापित उद्योगहरुलाई कच्चा पदार्थको रुपमा गुणस्तरीय क्लिङ्कर उपलब्ध गराउने, भारतको नेपाल सीमाक्षेत्रमा निकासीको संभावना खोजी गरी निकासी गर्न सकिने जस्ता मुलुको हितमा हुन सक्ने बहुआयामीक अवसरको उपयोग गर्ने लक्ष्य उद्योगको रहेको छ।
लगभग २० अर्वको हाराहारीमा हुने लगानीमा उदयपुर सिमेण्टको शेयर हिस्सा, उदयपुर सिमेण्टका कमदार कर्मचारीको शेयर हिस्सा, सिमेण्ट उद्योगबाट असरग्रस्त क्षेत्रको वासिन्दाको शेयर हिस्सा, सर्वसाधारण आम नागरिकको शेयर हिस्साबाट र बाँकी रकम स्वदेशी तथा विदेशी लगानीबाट जुटाउन सकिने सम्वन्धमा संम्भाव्यता अध्ययन गरी अघि वढ्ने कार्य योजना रहेको उद्योगका सूचना अधिकारी लक्ष्मण प्रसाद पोखरेलले जानकारी दिए ।
प्रतिकृया