• ०८:५४ २०८१ बैशाख ७ गते
  • 8:54 am

कोरोना संक्रमित श्रवणको निधन , चर्चित जोडीको बिछोड

प्रकाशित मिति

२०७८ बैशाख १० गते, शुक्रबार १०:०२

rador

नब्बेको दशकमा कयौं गीतमा संगीत भर्ने सहयात्री नदिम-श्रवणको चर्चित जोडीको बिछोडीएका छन् ।

विहीबार श्रवण राठोरको कोरोना संक्रमणका कारण निधन भएपछि संगीतकार चर्चित जोडी बिछोडीएका हुन् ।

श्रवणको विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिल्म आशिकीका गीत हिट भएपछि उनीहरु चर्चाको शिखरमा पुगेका थिए । नदिम–श्रवणको जोडीले पहिलो पटक १९७७ मा भोजपुरी फिल्म दंगलका लागि संगीत दिएका थिए । त्यसमा उनीहरुले कम्पोज गरेको गीत ‘काशी हिले पटना हिले’ हिट भएको थियो । त्यसपछि उनीहरुले बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिएका थिए ।

यद्यपि उनीहरुलाई आशिकी फिल्मका हिट गीतले संगीतको शिखरमा पुर्याएको थियो ।फिल्मी जगतका कलाकारहरुले श्रवण राठोरको निधनमा शोक व्यक्त गरेका छन् ।

प्रतिकृया