• 9:11 pm

संक्रमणदर १९ प्रतिशत पुग्यो, कुन उमेर समूहका धेरै ?

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ०८:०१

कोरोना संक्रमित हुने दर झण्डै १९ प्रतिशत पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९६ अर्थात १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।

४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

केही दिनयता कोरोना संक्रमण बढ्दै गएको छ बुधबार संक्रमणदर १२.७२, बिहीबार १२.८६, र शुक्रबार १४.६१ प्रतिशत थियो ।

समाचारमा संक्रमण सबैभन्दा धेरै २०-४० वर्ष उमेर समूहमा देखिएको पनि उल्लेख छ ।

(कान्तिपुर दैनिक)

प्रतिकृया