• 2:35 am

कर्णालीमा मङ्गलबार सार्वजनिक बिदा

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०१:३४

सुर्खेत: कर्णाली प्रदेश सरकारले चैते दसैँका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी चैते दसैँ को अवसरमा वैशाख ७ गते मङ्गलबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिने नगरे पनि कर्णाली प्रदेश सरकारले भने सार्वजनिक बिदा गरेको हो ।

 

प्रतिकृया