एनआइबीएलको समृद्धि फन्ड वैशाख १३ गतेदेखि निष्कासन हुने
प्रकाशित मिति
२०७८ बैशाख ५ गते, आईतवार १०:२६
काठमाडौं : एनआइबीएल एस क्यापिटलले ‘एनआइबीएल समृद्धि फन्ड–२’ को १२ करोड इकाई वैशाख १३ गतेदेखि निष्कासन गर्ने भएको छ ।
एनआइबीएल एसको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो चौथो म्युचुअल फन्ड रहेको हो ।
कुल इकाईमध्ये १० लाख इकाई बीज पुँजी वापत कोष व्यवस्थापक एनआइबीएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्याइएको छ । बाँकी ९ करोड ६० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ भने एनआइबीएल समृद्धि फन्ड–२ मा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त समयमा सबै इकाई बिक्री नभएमा भने वैशाख २७ गतेसम्म भर्न सकिने एनआइबीएलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिकृया