• 11:13 pm

घण्टाको फरकमा तीन संक्रमितको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०९:५१

नेपालगञ्जको भेरी अस्पतालमा अढाई घण्टाको फरकमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलफर्सन तेजबहादुर वलीका अनुसार, बाँके, बर्दिया र दैलेख जिल्लाका एकरएक जना संक्रमितको मृत्यु भएको हो ।

बर्दिया राजापुर नगरपालिका वडा नं। १ का ७३ वर्षीय पुरुषको गएराती ७ बजे मृत्यु भयो । उनी बैशाख २ गते अस्पतालमा भर्ना भएका थिए । भेरीमै ७ बजेर ४० मिनेट जादा बाँकेका ७८ वर्षीया महिलाको मृत्यु भयो । बाँके बैजनाथ गाउँपालिका वडा नं.८ की महिलालाई चैत्र ३१ गते मेडिकल कलेजमा ल्याइएको थियो ।

पोजिटिभ रिपोर्ट आएपछि बैशाख १ गते भेरी अस्पतालमा सारिएको थियो । गएराती नै ९।३० बजे दैलेख जिल्ला नारायण नगरपालिका वडा नं। १ का ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।गत  चैत्र ३० अस्पताल आएकी उनलाई ३१ गते पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि भेरीमा भर्ना गरिएको थियो ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ९६ जनाको मृत्यु भइसकेको छ भने जिल्लाका ६० जनाको मृत्यु भएको छ । बाँकेमा दैनिक कोरोना संक्रमित बढिरहेका छन् ।

बाहिरी जिल्लाबाट उपचार गराउन आउने, भारतबाट आएका र जिल्लामै पनि कोरोना संक्रमण बढी देखा परिरहेको छ ।

 

प्रतिकृया