• 5:26 am

भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०७:१४

काठमाडौँ : विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार ९२१ अप्रिल० सम्म मलेसिया छाड्नुपर्ने भएको छ ।

मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो ।

भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइसक्नुपर्नेछ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले मलेसियाको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्नेछ ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएका विदेशी स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले २१ अप्रिलसम्मको अवधि दिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेलाई मलेसिया अध्यागमनले सामान्य जरिवाना तिराएर सहयोग गर्नेछ तर त्यसपछि पनि मलेसिया बस्नेलाई भने धेरै जरिवाना तिराउन सक्नेछ ।

मलेसियामा रहेको नेपाली दूतावासले राहदानी नभएकाले दूतावासमा आई ३६० रिङ्गिट तिरेर ट्राभल डकुमेन्ट बनाउन सकिने जानकारी गराएको छ ।

(गोरखापत्र दैनिक)

प्रतिकृया