चट्याङले बागलुङको निसीखोला जलविद्युत् आयोजनामा क्षति
प्रकाशित मिति
२०७८ बैशाख ३ गते, शुक्रबार ०४:३५
बलेवा: चट्याङले लघु जलविद्युत् आयोजनाको प्रसारण लाइनमा क्षति पुयाएपछि बागलुङको निसीखोलामा विद्युत् आपूर्ति बन्द भएको छ । आयोजनाको प्रसारण लाइनमा परेको चट्याङले ३०० घरको वाइरिङमा क्षति पु¥याएको छ ।
निसीखोला गाउँपालिका–२ का ३०० घरमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी गराए । “प्रसारण लाइनमा परेको चट्याङले सबै घरको वाइरिङमा क्षति पुगेको छ”, उनले भने, “यसको पुनःनिर्माण तत्कालै सम्भव छैन ।”
विद्युत् आपूर्ति बन्द भएपछि यहाँका सर्वसाधारणलाई सञ्चारको असुविधा भएको छ । चट्याङका कारणले वडा नं २ मा चार सामान्य घाइते भएका छन् भने केही पशुचौपायको मृत्यु भएको विश्वकर्माले बताए । चट्याङले जलविद्युत् आयोजनामा पु¥याएको क्षतिको विवरण सङ्कलन भैरहेको विकले बताए। रासस
प्रतिकृया