• 9:19 pm

काठमाडौं प्लाजा नेपाल ट्रष्टले सिल गर्‍यो 

प्रकाशित मिति

२०७८ बैशाख ३ गते, शुक्रबार ०३:५४

काठमाडौँ– नेपाल ट्रष्टले काठमाडौं प्लाजा सिल गरेको छ। काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रष्टले बिहीबार प्लाजा सिल गरेको हो।

 

सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ। प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन्।

 

प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ।

 

सो भवन नेपाल ट्रष्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ।

 

प्रतिकृया