काँग्रेस पदाधिकारी बैठकमा बस्दै: बाबुरामको प्रस्तावबारे छलफल हुने
प्रकाशित मिति
२०७७ चैत्र २९ गते, आईतवार ०२:००

काठमाडौं : जनता समाजवादी पार्टी जसपा ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको आग्रहपछि काँग्रेस पदाधिकारी बैठक बस्दै छ । पार्टी कार्यालय सानेपामा आइतबार दिउँसो दुई बजे बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बस्ने भनिएपछि जसपाको प्रस्तावबारे पनि छलफल हुने बुझिएको छ ।
जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले काँग्रेस सभापति शेरबहादुर देउवासँग आफूले प्रस्ताव दर्ता नगर्ने हो भने जसपालाई साथ दिन भट्टराईले प्रस्ताव राखेको स्रोतको दाबी छ ।
उपेन्द्र–बाबुराम पक्षले राखेको प्रस्तावबारे देउवाले पदाधिकारी बैठकमा छलफल गरेर जवाफ दिने बुझिएको छ । यता जसपाको पनि पदाधिकारी बैठक बस्दैछ । जसपाले आजको पदाधिकारी बैठकबाट आफ्नो नेतृत्वमा सरकार बनाउनेबारे पछि हुने स्रोतले जानकारी दियो ।
प्रतिकृया