• 6:17 pm

चेल्सीको शानदार जित

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०९:१२

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ ।शनिबार राती भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

यस्तै लिभरपुलले संघर्षपूर्ण जित निकालेर पाँचौ स्थानमा उक्लिदा शीर्ष स्थानको म्यानचेस्टर सिटी भने पराजित भएको छ ।

लिभरपुलले एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराउँदा म्यानचेस्टर सिटी भने लिड्स युनाईटेडसँग २–१ गोलले पराजित भएको हो ।

लिभरपुललाई जिताउन मोहम्मद सलाह र अलेक्जेन्डर आर्नोल्डले गोल गरेका हुन् । यस्तै लिड्सका स्टुआर्ट डालसले दुई गोल गर्दा शीर्ष स्थानको सिटी पराजित बने । सिटीका लागि फेरेन टोरेसले एक गोल फर्काएका थिए ।

हारका बाबजुद पनि सिटी ३२ खेलबाट ७४ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ भने सिटीको दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडभन्दा १४ अंकको अग्रता छ ।

यस्तै ३१ अंकबाट ५४ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिएको छ भने लिभरपुल ५२ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

प्रतिकृया