• १८:४२ २०८० चैत्र १६ गते
  • 6:42 pm

मध्यरातमा फर्निचर उद्योगमा आगलागी, अझै नियन्त्रणमा आएन

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०८:४७

fire house 44646610 e1618110134263

बलेवा –  बागलुङ नगरपालिका-३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

 

विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

 

शनिबार राति २ः०० बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् ।

 

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ ।

 

रातिदेखि सुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो ।

 

क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

 

फर्निचरका सबै सामग्री जलेका छन् ।

(रासस)

प्रतिकृया