• १०:२२ २०८१ बैशाख ६ गते
  • 10:22 am

विश्वभर पर्यटक ठप्प

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०६:५२

101 e1618103258245

काठमाडौं: कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ । विश्व पर्यटन संगठन गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटन आवागमनमा कमी आएको हो ।

सन् २०२० को जनवरीसम्म कोभिड महामारीका रुपमा फैलिएको थिएन । २०२० को जनवरीमा ४ प्रतिशतको वृद्धिसँगै डेढ अर्ब व्यक्ति घुमफिरमा निस्किएको तथ्यांकले देखाएको छ । सन् २०२१ को जनवरीमा भने युरोपेली मुलुकमा कोभिडको दोस्रो लहर चलेकाले पर्यटक आवागमन प्रभावित भएको छ ।

पर्यटक आवागमन जनवरीमा सबैभन्दा बढी एसिया तथा एसिया प्रशान्तीय क्षेत्रमा ९६ प्रतिशतले घटेको छ । पर्यटक घुमफिरका दृष्टिले विश्वको पहिलो सूचीमा पर्ने यो क्षेत्रका मुलुकको पर्यटनमा कोभिडले बढी असर गरेको तथ्यांकले देखाउँछ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिकृया