दमौलीमा व्यवसायीको चुनाव : इकाई सभापतिमा चार जनाको उम्मेदवारी
प्रकाशित मिति
२०७७ चैत्र २८ गते, शनिबार ०१:१७

तनहुँ: पछिल्लो एक साता जिल्ला सदरमुकाम दमौली बजार नेपाल पत्रकार महासंघ तनहुँ जिल्ला शाखाको चुनावी माहोलले तात्यो । बुधबार चुनाव सम्पन्न भयो । बिहीबार मतपरिणाम पनि आयो । पत्रकारको चुनावले तातेको दमौली बजार फेरि पनि चुनावमय माहोल सुरु भएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइको चुनावले बजार उस्तै गर्माएको छ । शुक्रबारदेखि बजार इकाइको ११ औँ अधिवेशन सुरु भएको छ । इकाईको नेतृत्व हडप्ने दाउमा चार जना आकांक्षी देखिएका छन् । शुक्रबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि हालका उपाध्यक्ष सुकनारायण मल्ल, सचिव दधिराज घिमिरे, कोषाध्यक्ष विन्दु श्रेष्ठ र भूपाल आलेले उम्मेदवारी उम्मेदवार दर्ता गरेर चुनावी मैदानमा होमिएका हुन् । उपाध्यक्षमा राजेश मल्ल, विजयराज पौडेल र इन्द्रलाल श्रेष्ठ विकल्प को प्रतिष्पर्धा हुनेछ । कोषाध्यक्षमा हर्षमान श्रेष्ठ साईराम, भरतकुमार श्रेष्ठ, किनकुमार श्रेष्ठ र अन्जु दाहालको उम्मेदवारी परेको छ ।
जिल्ला प्रतिनिधिका लागि महेश मल्ल, प्रकाशचन्द्र हड्खले, रमेशकुमार श्रेष्ठ, किशोरकुमार श्रेष्ठ र जुननारायण श्रेष्ठले उम्मदवारी दिए ।सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा शनिबार विहान ११ बजेदेखी मतदान हुदैछ । उम्मेदवारी फिर्ताका लागी शनिबार ९ बजेदेखि ४५ मिनेट समय तोकिएको छ । बजार इकाईमा एक हजार ८४ जना मतदाता रहेका छन् ।
प्रतिकृया