नेपालञ्जमा भारतबाट आएका तीनसहित २४ जनामा कोरोना संक्रमण
प्रकाशित मिति
२०७७ चैत्र २८ गते, शनिबार ०१:०५

नेपालगञ्ज : भारतबाट आएका तीनसहित २४ जनामा कोरोना देखिएको छ । नाकामा राखिएको हेल्थ डेस्कमा भारतबाट आएका तीनजनामा कोरोना पुष्टि हुँदा भेरी अस्पताल, नेपालगञ्जमा २१ जना संक्रमित देखिएका हुन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले भारतबाट आएका बर्दियाको बारबर्दिया–७ का २५ वर्षीय पुरुष, बाँके बैजनाथ–३ का २७ वर्षीय पुरुष र दैलेख नगरपालिका वडा नम्बर ७ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।
कोरोना पुष्टि भएकाहरुलाई भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ । योसँगै भारतबाट आएका नौ जनामा कोरोना पुष्टि भइसकेको छ ।
शनिबार बिहान भेरी अस्पताल, नेपालगञ्जमा २१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको कोरोना जाँच गरिएकोमा २१ जनालाई कोरोना देखिएको अस्पतालले जानकारी दिएको छ ।
भारतबाट आएका व्यक्तिमा दैनिकजसो नै कोरोना देखिन थालेको छ । त्योसँगै लक्षण चिन्ह देखिएर अस्पताल पुगेका व्यक्तिमा कोरोना पुष्टि भइरहेको छ । कोरोना संक्रमित बढ्दै गएपछि कहाँ राख्ने चिन्ता हुन थालेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले सबै पालिकालाई क्वारेन्टाइन र आइसोलेशन केन्द्र बनाउन भनेपनि अहिलेसम्म कुनै पालिकाले बनाएका छैनन् ।
प्रतिकृया