• १४:५२ २०८० चैत्र १६ गते
  • 2:52 pm

काँग्रेसको निष्कर्ष : नयाँ सरकार असम्भव, ओलीकै नेतृत्वमा चुनावमा जान देउवा तयार

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ११:५४

deuba 2 1 e1603364615825

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस नयाँ सरकार गठन सम्भव नहुने करिब निष्कर्षमा पुगेको छ । जसपा को स्पष्ट निर्णय नआउनु तथा हालको अवस्थामा सरकारमा केद्रित हुनु भन्दा चुनाव केन्द्रित हुँदा पाटिलाई दिर्घकालिन फईदा हुने भएकाले सरकार भन्दा चुनाव नै उत्तम विकल्प हुने निष्कर्षमा काँग्रेस पुगेको बताईएको छ।

 

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय तत्काल पुरा नहुने र ओलीकै नेतृत्वमा चुनावमा जाँदा सहज हुने निष्कर्षमा पुगेको बुझिएको छ ।

शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा सँगको छलफलपछि काँग्रेस सभापति शेरबहादुर देउवाले करिब एक घण्टा आफूनिकट नेताहरुसँग छलफल गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पनि बूढानीलकण्ठबाट बाहिरिएपछि भएको उक्त छलफलमा चुनाव र  आगामी रणनीतिबारे कुराकानी भएको स्रोतले  जानकारी दियो ।

प्रतिकृया