• १९:४२ २०८० चैत्र १६ गते
  • 7:42 pm

भारतमा कोरोनाः २४ घण्टामा सात सय ७३ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र २८ गते, शनिबार ११:३९

corono 8 e1613906157220

काठमाडौं: भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा सात सय ७३ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै‚ भारतपछि पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमण देखिएको मुलुकमा ब्राजिल दोस्रो नम्बरमा छ। त्यहाँ एकै दिन झण्डै ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। अमेरिकामा ८२ हजार ७०० जनामा संक्रमण पुष्टि भएको छ भने टर्कीमा ५५ हजार, फ्रान्समा ४१ हजार, पोल्याण्डमा २८ हजार र अर्जेन्टिनामा २४ हजार मानिसमा संक्रमण पुष्टि भएको छ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ७ लाख ७१ हजार संक्रमित थपिएका छन्। सोही अवधिमा विश्वभर १३ हजारभन्दा बढीको मृत्यु भएको छ। ब्रजिलमा ३ हजार ६४७, अमेरिकामा ८९७, भारतमा ७७३ र पोल्याण्डमा ७६८ जनाको मृत्यु भएको छ।

 

प्रतिकृया