• 10:31 am

मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र २७ गते, शुक्रबार ०४:३८

काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध गर्ने  काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका-५ घर भएका ३८ वर्षीय राजन भन्ने जगत बहादुर राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

 

उच्च अदालत पाटन बाट  २०७६ चैत २ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो ।

 

 

विना श्रम स्वीकृती गैह्रकानुनी तरिकाले २०७३ फागुन १३ मा पीडितबाट ३ लाख ५० हजार रकम लिई भिजिट भिसामा यूएईको दुबई पठाएकोमा पीडितको आफन्तले ओमानको सिमावर्ती क्षेत्रमा पीडितलाई बन्धक बनाई शारीरिक, मानसिक र आर्थिक यातना दिई शोषण गरिराखेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र दुबईस्थित नेपाली राजदुतावास समेतको सहयोग र सहकार्यमा  पीडितलाई उद्दार गरिएको थियो ।

 

 

उनलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाईएको  प्रहरीले जनाएको छ ।

नियन्त्रित लागूऔषध सहित पक्राउ

 चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागू औषध ३ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल फेनारगन र ३ सय एम्पुल नुर्फिन सहित बारा कलैया उपमहानगरपालिका-४ घर भएका २० वर्षीय आश्रय आलमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

 

नागढुंगास्थित चेकप्वाईन्टमा वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ७१९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरस्थित दिपिका गेष्‍ट हाउसको शौचालमा मकवानपुर घर भएका ४५ वर्षीय भिम थिङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया