• 3:07 am

“मोबाइलबाटै तिर्नुहोस ट्राफिक जरिवाना”

प्रकाशित मिति

२०७७ चैत्र २७ गते, शुक्रबार ०३:५७

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ ।

 

 

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको र त्यसैलाई निरन्तरता दिदै  सहज, सरल र सुबिधायुक्त बनाउन आजदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको जानकारी दिनुभयो ।

 

 

जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय  खर्चिनु पर्ने बाध्यताको अन्त्य हुने  विस्वास लिएको छ  । जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि सिस्टम संचालन गरेको  छ ।

 

 

आजदेखी थप ४५ वटा बैंक तथा बित्तिय संस्था र ७ वटाअनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ ।

 

 

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा अनलाईन सेवा प्रदायक कम्पनी फोन पे को तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ्ग हाउस लि. (कनेक्ट आईपियस) का मुन्नी राजभण्डारी तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

 

आगामी दिनहरुमा अनलाईन भुक्तानी प्रणाली सेवा संचालन सम्बन्धी  महाशाखाले निर्धारण गरेको मापदण्ड पुरा गर्ने अन्य सेवा प्रदायकहरुलाई समेत आबद्ध गर्दै लाने योजना महाशाखाको   रहेको छ ।

प्रतिकृया