• 10:48 am

४० हजार घुससहित प्रहरी जवान पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र २७ गते, शुक्रबार ०३:११

काठमाडौं : सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् ।

४० हजार घुस रकम सहित उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।

अख्तियार  दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो । ईप्रका सितागञ्जमा परेको उजुरी ‘मिलाइदिन्छु’ भनेर उनले सेवाग्राहीसँग घुस मागेका थिए ।

मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज नजिकैबाट आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । घुस प्रकरणबारे आयोगले अनसन्धान गरिरहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चा

प्रतिकृया