• 4:46 pm

सानिमा बैंकको नयाँ वर्ष योजनाः दराजमार्फत सामान किन्दा २० प्रतिशत छुट

प्रकाशित मिति

२०७७ चैत्र २७ गते, शुक्रबार ०२:३९

काठमाडौं: नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ‘नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकले यस्तो योजना सार्वजनिक गरेको हो । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट मिल्ने बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५५ वा अधिकतम् १ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०५ वा अधिकतम् १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ ।

छुट सम्बन्धि सम्झौतामा बैंकका डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराजका अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया