• 2:27 am

माछापोखरी तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यु आर कोड सेवा

प्रकाशित मिति

२०७७ चैत्र २७ गते, शुक्रबार ०२:३३

बैंक अफ काठमाण्डू लिमिटेडले माछापोखरी तरकारी बजारमा डिजिटल भुक्तानी सेवाको शुभारम्भ गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको उक्त तरकारी बजारमा एक औपचारीक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले क्युआर कोड सेवाको समुद्घाटन गर्नुभएको हो ।

 

उक्त शुभारम्भ कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त औपचारिक शुभारम्भ कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्नुभयो ।

 

कार्यक्रममा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा बैंक अफ काठमाण्डू लिमिटेड र कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

बैंक अफ काठमाण्डू लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले यस नगदरहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराउनुभयो ।

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्यालले डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापनमा सहयोग गरेकोमा बैंक अफ काठमाण्डू लिमिटेडको प्रसंशा तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिकृया