• 4:24 pm

एनसीसी बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा पाउने छन् आकर्षक छुट

प्रकाशित मिति

२०७७ चैत्र २६ गते, बिहीबार ०६:२५

काठमाडौं : नेपाल क्रेडिट एन्ड कमर्स बैंकले ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्न काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टसँग सम्झौता गरेको छ ।

बैंक र रिसोर्ट बीच बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो ।

रिसोर्टले फुड एन्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थक्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउने जनाएको छ ।

प्रतिकृया