• 3:41 am

अब विराटनगरमा रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने

प्रकाशित मिति

२०७७ चैत्र २६ गते, बिहीबार ०६:१४

विराटनगर : विराटनगरमा रिक्साबाट यात्रा गर्दा नगद बोक्नु नपर्ने भएको छ ।सनराइज बैंकले विराटनगरको टेम्पोरई–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेसँगै नगद बोक्नुपर्ने झन्झटको अन्त्य भएको हो ।

 

विराटनगरको बरगाछी स्थित केशरी चन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट उक्त सेवाको सुरुवात भएको छ

बैंकले प्रथम चरणमा ७० वटा टेम्पोरई–रिक्सामा क्यूआर वितरण गरेको छ । टेम्पो तथा ई–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् ।

प्रतिकृया