विविध कार्यक्रमको आयोजना गरी कुमारी बैंकले मनायो २० औँ वार्षिकोत्सव
प्रकाशित मिति
२०७७ चैत्र २६ गते, बिहीबार ०४:४५

काठमाडौँ: कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ।
यस २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको मेलम्ची शाखाले थाङपालधापमा काठमाडौँ मेडिकल कलेजको सहकार्यमा विशेषज्ञहरुबाट निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको हो। उक्त कार्यक्रममा ७०० जनाभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो। साथै बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रम गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ११४ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए।
बैंकले हालसम्म देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ।
प्रतिकृया