६३ जना सांसद लिएर प्रधानमन्त्रीसँग ठाडो-ठाडो बहस गर्ने? गगन थापालाई महेश बस्नेतको जवाफ
प्रकाशित मिति
२०७७ चैत्र २६ गते, बिहीबार ०३:२५

काठमाडौँ : सरकारले राम्रो काम गरेको छ कि छैन भन्ने विषयमा प्रतिनिधिसभामा प्रतिपक्ष र सत्तापक्षका सांसदबीच दोहोरी चलेको छ। कांग्रेसका सांसद गगन थापाले ओली नेतृत्वको सरकारले परिणाममुखी भन्दा पनि प्रचारमुखी काम गरेको बताउँदै ओलीलाई सदनमा आएर बसह गर्न चुनौती दिए।
वर्षौ लगाएर केही आयोजना सफल भए पनि त्यसैलाई देखाएर के के नै गरेको भन्दै ताती ठोक्ने कार्यकर्ताबीच मात्रै भाषण गरेको आरोप लगाए। लगत्तै ओली पक्षका एमाले सांसद बहेश बस्नेतले थापालाई जवाफ दिँदै अहिलेको सरकारले विकास निर्माणमा अभूतपूर्व काम गरेको दाबी गरे। उनले ओली नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कामय गर्न सफल भएको दाबी गरे। उनले सदनमै बहस गर्न प्रधानन्त्रीलाई चुनौती दिने थापालाई आफ्नो पार्टीको उपस्थित ख्याल गर्न सुझाए।
बस्नेतले भने, ‘सदनमा प्रधानमन्त्रीको अनुपस्थित भयोरु बहस गर्ने ठाडो ठाडो कुरा यहाँ आयो। ६३ जना सांसद लिएर सदनबाट सरकार फेरिँदैन। आफ्नो उपस्थितिलाई ध्यान दिऔँ।’ बस्नेतले ओलीका कारण राजनीतिप्रति घृणा गर्ने युवापुस्ता समेत राजनीतिप्रति आकर्षित हुदै गएको दाबी गरे। ‘नेपालको राजनीतिमा आइ हेट पोलिटिक्स भन्ने युवाहरु आइ लभ केपी ओली भनिरहेका छन्,’ बस्नेतले भने।
थापालाई चुनौती दिँदै भने, ‘मेरो क्षेत्रमा सडक चाहिँदैन भन्ने सांसद कोही छरु सडक विस्तार भएको छ, धरहरा बनेको, रानीपोखरी बनेको, युवाहरुलाई ध्यान दिएर योजना अघि ल्याइएको छ। मेलम्ची आएको छ। यो गर्न नहुने काम थियोरु’
प्रतिकृया