माओवादीका चार सांसदको ६ महिनाको लागि पद गयो
प्रकाशित मिति
२०७७ चैत्र २६ गते, बिहीबार ०३:१४

काठमाडौँ : माओवादी केन्द्रका चार जना सांसदको पद गएको छ। बिहीबार सभामुख अग्निप्रासद सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र पढेर सुनाएपछि लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी पदमुक्त भएका हुन्।
उनीहरु चारै जना एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी छन्। नेकपा एकीकरण सर्वोच्चले बदर गरेपछि एमाले र माओवादी पूर्ववत अवस्थामा गएपछि एमाले तिर बसेका चार सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। पार्टी केन्द्रीय कमिटीको निर्णयबारे मंगलबार अध्यक्ष प्रचण्डले संसद सचिवाललाई जानकारी दिँदै पदमुक्त गर्न पत्राचार गरेका थिए।
संसद अधिवेशन चलिरहेको अवस्थामा पदमुक्त भएको जानकारी सभामुखले सदनमा सुनाउने पर्ने व्यवस्थाअनुसार बिहीबारको बैठकमा जानकारी गराउन गराइएको हो। सांसद पद गएसँगै उनीहरु अब ६ महिना मात्रै मन्त्री हुन पाउनेछन्
प्रतिकृया