• १८:३९ २०८० चैत्र १६ गते
  • 6:39 pm

पहुँचवाला अनुसन्धानकर्ताले मात्रै हेर्न पाउँन्छन नखुलेका इतिहासका सयौँ पाना

प्रकाशित मिति

२०७७ चैत्र २६ गते, बिहीबार ०८:५०

10 1 e1617851115261

काठमाडौं:  शीतल निवासबाट राष्ट्रिय अभिलेखालय पु¥याइएका ऐतिहासिक हजारौँ दस्तावेज बन्द कोठामा थन्क्याएर राखिएको छ । ती दस्तावेजमाथि अनुसन्धानकर्ताको पहुँच नपुग्दा कतिपय इतिहासका पाना खुल्न पाएका छैनन् ।

परराष्ट्र मन्त्रालय रहेको महाराजगञ्जस्थित शीतल निवासलाई राष्ट्रपतिको कार्यालय बनाइएपछि २०६७ सालमा ती दस्तावेज संरक्षणका लागि अभिलेखालयमा ल्याइएको थियो । अभिलेखालयभित्रको एउटा कोठामा पोका बनाएर दस्तावेज राखिएको छ । दस्तावेज करिब आठ सय पोकामा छन् ।

अभिलेखालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानाङ्गले भने, “ती दस्तावेज परराष्ट्र मन्त्रालयको सम्पत्ति हो । अझैसम्म हस्तान्तरण नभइसकेकाले तिनमा अधिकार नभएकाले सार्वजनिक गर्न वा अनुसन्धानकर्तालाई हामीले उपलब्ध गराउन मिल्दैन ।

”परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज दुई चरणमा राष्ट्रिय अभिलेखालयमा ल्याइएको थियो । पहिलो चरणमा कहिले ल्याइएको थियो भन्ने जानकारी नभए पनि ती अभिलेखमाथि सबैको सहजै पहुँच छ ।

अभिलेखालयले सुरुमा आएका १३२ थान अभिलेखलाई २०३० सालमै माइक्रोफिल्ममा संरक्षित गरिसकेको थियो । पछिल्लो चरणमा आएका अभिलेखको सूची तयार भए पनि बन्द कोठाभित्र कपडामा बेरेर राखिएको छ । सीसीटीभी जडित सो कोठाभित्र वातानुकूलित र औषधिको व्यवस्था भएकाले धुजा पर्ने, ओसिने वा कीराले खाने समस्या रहँदैन ।

प्राप्त जानकारीअनुसार नेपालले विदेशी मुलुकहरूसँग गरेका सन्धि सम्झौता, राणाकालीन विभिन्न लिखत, लालमोहर, इस्तिहार, नक्सा, पत्राचार, सिकार, भ्रमण आदिबारे दस्तावेज छन् । कतिपय नेपाली कागजमा छन् भने कतिपय देशी ९चलनचल्तीका० कागजमा रहेको थाहा भएको छ ।

ती दस्तावेज बन्द कोठामा भए पनि कतिपय पहुँचवाला अनुसन्धानकर्ताले सीधै परराष्ट्र मन्त्रालय गई अध्ययनका लागि सिफारिस ल्याउने गरेका छन् । कोठाको ढोकामा लगाइएको ताल्चा खोलिदिन सोही मन्त्रालयबाट एक कर्मचारी खटिएर आउने गरेका छन् ।

अनुसन्धानकर्ताले आफूलाई चाहिएको सामग्री अध्ययन गरेपछि पुनः ती कर्मचारीले ताल्चा लगाई साँचो लिएर जाने गरेका छन् । वर्षमा एकाध पटक पहुँचवाला अनुसन्धानकर्ता यसरी आउने गरे पनि जोसुकैका लागि सहज छैन । गोरखापत्र दैनिकबाट

प्रतिकृया