• १७:३८ २०८० चैत्र १५ गते
  • 5:38 pm

माधव पक्षको कास्कीमा १४९ सदस्यीय समानान्तर कमिटी

प्रकाशित मिति

२०७७ चैत्र २५ गते, बुधबार ०८:०१

32 e1617761773333

पोखरा : नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन गरी शपथ गराएको छ । चैत १९ गते माधवकुमार नेपाल र गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका थिए ।

समानान्तर कमिटीको सचिवमा होम नेपाली थिए । घोषणा गरिएको सदस्यको संख्या थपेर १४९ सदस्यीय पुर्‍याएर शपथ गराइएको कास्की अध्यक्ष आचार्यले जानकारी दिए । कमिटीको उपाध्यक्ष शोभखर भण्डारी, उपसचिव पूर्ण लामा चयन भएका छन् ।

पोखरा महानगर कमिटी अध्यक्षमा मुक्ति पौडेल र सचिवको जिम्मेवारी सुशील बस्नेतलाई दिइएको छ । केन्द्रीय पोलिटब्युरो सदस्य तुलबहादुर थापाले कमिटीका पदाधिकारी तथा सदस्यलाई शपथ खुवाए । जिल्ला कमिटीका सदस्यहरुको नामावली टुंगो लागेपछि योगेश भट्टराईबाट शपथ खुवाउने कार्यक्रम थियो । मौसमका कारण जहाज नउडेपछि नेता थापाले शपथ खुवाएका थिए ।

प्रतिकृया