• १८:५० २०८० चैत्र १६ गते
  • 6:50 pm

कोरोनाको सिकार हुँदै बलिउड कलाकारहरु, विक्की र भुमि पनि संक्रमित

प्रकाशित मिति

२०७७ चैत्र २३ गते, सोमबार ०४:२१

026 e1617618971734

काठमाडौं: बलिउड कलाकारहरु विक्की कौशल र भुमि पेडनेकर कोरोना संक्रमित भएका छन् । दुवै कलाकारहरुले सामाजिक सञ्जालमार्फत आफु संक्रमित भएको जानकारी दिएका हुन् ।

उनीहरुले कोरोना संक्रमणलाई हल्का नलिन र सावधानी अपनाउन पनि आग्रह गरेका छन् । भुमिले इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै लेखेकी छिन, ‘मेरो कोभिड जाँचमा पोजेटिभ रिपोर्ट आयो । मलाई हल्का लक्षण देखिएको छ ।

म ठिक छु । सबै नियम पालना गर्दै होम आइसोलेसनमा बसेको छु ।’भुमिले स्टीम, भिटामिन–सी, स्वस्थ खाना खाएको र खुशी रहेको बताएकी छिन् ।

 

आज अर्का कलाकार विक्की कौशलले पनि संक्रमित भएको खुलाशा गरेका छन् । इन्स्टाग्राममा एक पोस्ट गर्दै सबै सावधानी र नियम अपनाउदा पनि आफु संक्रमित भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘होम क्वारेन्टिनमा बसेको छु । डाक्टरको सल्लाह अनुसार औषधी खाइरहेको छु ।’ दुई बलिउड कलाकारहरुले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गराउन आग्रह गरेका छन् ।

प्रतिकृया