जुसमा लागूऔषध मिसाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति
२०७७ चैत्र १२ गते, बिहीबार ०६:०६

बाँके: १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नेपालगंज उपमहानगर पालिका-२० राँझा बस्ने हुम्ला सर्केगाड गाउँपालिका-१ घर भएका २४ वर्षीय मिम बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
घरबाट भ्रमणमा जाने वाहनामा गत मंसिर ५ गते वैजनाथ गाउँपालिका-१ स्थित गाभर भ्यालीको होम स्टेभित्र लगि ती किशोरीलाई जुसमा लागूऔषध नाईट्राजेपाम मिसाई खुवाएर वेहोस बनाई जबरजस्ती करणी गरि फरार रहेका मिम बहादुरलाई प्रहरीले काठमाडौं हाडीगाउँबाट फेला पारी पक्राउ गरेको हो ।
साथै उनको साथबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १४ ट्याब्लेट र इबुप्रोफेन १ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Recent News
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट
- घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- असार मसान्तमा दुई करोडसम्मका ऋणीलाई राहत, राष्ट्र बैंकको नयाँ व्यवस्था
- आज प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित हुने
प्रतिकृया