• 4:29 pm

चीनमा एमबिबिएस अन्तिम बर्षमा अध्ययनरत बिद्याथीको भविष्य अन्योलमा, विद्यार्थीहरु प्रति नेपाल मेडिकल काउन्सिल गैरजिम्मेवार

प्रकाशित मिति

२०७७ चैत्र १० गते, मंगलवार ०२:०५

काठमाण्डौं।  चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन।  एमबिबिएस सकेर कोरोनाको  कारण नेपालफर्किएका बिध्यार्थीहरूको जम्मा ३-४ महिना इन्टर्नसिप बाँकीछ बाँकी पढाइ र इन्टर्नसीपका लागि चीन जान सक्ने अवस्था नभएपछि र बिगत१४ -१५ महिना देखि नेपालमेडिकल काउन्सिल सँग बारमबार सघर्ष गर्दा पनि काउन्सिलको ध्यानाकर्षण नभए पछि उनीहरुको भविष्य अन्यौलमा परेको हो।

 

पढाई सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि जान पाएका छैनन्। त्यहि कारण उनीहरुले अहिले सास्ती खेपिरहेका छन।

 

चिनबाटै फर्किएका अन्तिम बर्षका विध्यार्थीहरूलाई भने धेरै दबाब आएपछि बाँकी अध्ययन नेपालमै गर्ने व्यवस्था मिलाएको छ। तर अहिले सम्म एमबिबिएस का विध्यार्थी हरूलाई काउन्सिलले वास्तानै गरेको छैन।

उनीहरुले सोमबार नेपाल मेडिकल काउन्सिल अगाडि शान्तिपूर्ण धर्नादिएका छन्।चीनको विश्वविद्यालयले अहिलेको परिस्थितिमा बिद्यार्थीहरुलाई बोलाउन नसकिने जानकारी दिएपछि उनीहरुले नेपालमै छोटो समयको बाँकी इन्टर्नसिप दिलाइदिन  मागगरेका हुन।

झन्डै एक वर्ष देखि रोकिएको बिद्यार्थीहरुको इन्टर्नसिप अझै एकवर्ष टुंगो नलाग्ने अवस्था छ। सबै निकायलाई यसबारे जानकारी भएतापनि मौन बसेकाले उनीहरु निराश भएका हुन्।

कोरोना भाइरस को महामारी सँग देशमा स्वास्थ्य जनशक्तिको खाँचो हुँदा निशुल्क स्वास्थ्य सेवामा जुट्नतयार भएपनि विद्यार्थी हरुलाई अन्यौलमा राखिएको  पिडित बिद्यार्थीले बताएका छन्।

कोरोनाको महामारीमा जहाँ अन्य मुलुकहरुले आफ्ना देशका मेडिकल विद्यार्थीहरुलाई सहजीकरणर गरिरहेका छन्। नेपाल मा भने बिद्यार्थी हरुलाई अझै२—३ वर्ष भएपनि कुनु पर्छ भन्ने सोच राख्ने निकायहरु प्रति बिद्यार्थी हरुले असन्तुष्टी व्यक्त गरेका छन्।

उनीहरुले नेपालमै केही समय बाँकी रहेको इन्टर्नसिप पूरा गरि दिन विभिन्न निकायमा सहयोग माग्दा वास्ता नभएको गुनासो गरेका छन्।

प्रतिकृया