• 4:50 pm

पश्चिमा देशले लगाए चीनका उच्च अधिकारीमाथि प्रतिबन्ध

प्रकाशित मिति

२०७७ चैत्र १० गते, मंगलवार १०:३४

अमेरिका, बेलायत, क्यानडा तथा युरोपियन युनियनमा आवद्ध देशहरुले युगुर मुस्लिम समुदायमाथि भएको दुर्व्यवहार तथा मानवअधिकार उल्लंघनको विषयलाई लिएर चीनका अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।

 

युरोपियन युनियन, बेलायत, अमेरिका र क्यानडाले संयुक्त रुपमा प्रतिबन्धको घोषणा गरेका हुन् । शिन्जिङ्ग प्रान्तमा रहेका अल्पसंख्यक युगुर मुसलमान समुदायमाथि चीनले ज्यादती गर्दै आएको आरोप छ ।

 

युगुरहरुलाई डिटेन्सन सेन्टरमा बन्धक बनाएको, यातना दिएको, बाध्यात्मक रुपमा श्रममा लगाएको तथा यौन शोषण गरेको आरोप छ ।
पश्चिमा देशले प्रतिबन्ध लगाएपछि चीनले पनि युरोपेली अधिकारीहरुमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

 

यात्रा प्रतिबन्ध, सम्पती फ्रिजसहितका प्रतिबन्धात्मक कारवाहीको निशानामा शिन्जियाङ्गका उच्च अधिकारी परेका छन् ।
एजेन्सी

प्रतिकृया