• 10:12 pm

मेगा बैंकले दियो दुर्घटनामा ज्यान गुमाएका विद्युत प्राधिकरणका कर्मचारीका परिवारलाई बीमा बापतको ७ लाख

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०४:१३

काठमाडौँ मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापतको सात लाख रुपैयाँ प्रदान गरेको छ।

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई बैंकले सोमबार सोही खाताको बीमा बापतको रकम सात लाख रुपैयाँ प्रदान गरेको हो।

कर्मचारी शर्माको विद्युत लाइन मर्मतका क्रममा भदौ २९ गते मृत्यु भएको थियो।

बैंकका गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशव आचार्य लगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बीमा बापतको रकम हस्तान्तरण गरेका हुन्।

रकम ग्रहण गर्दै ढकालले पतिको मृत्युपश्चात बैंकले प्रदान गरेको बीमा रकमले परिवारको भरणपोषणमा निकै ठूलो सहयोग पुग्ने भन्दै मेगा बैंकलाई धन्यवाद दिए।

एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैँयाको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन्।

यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैयाँसम्मको व्यवस्था गरिएको छ।

प्रतिकृया