गण्डकी स्वास्थ्य विज्ञानको उपकुलपतिमा ९ जनाको नाम
प्रकाशित मिति
२०७७ चैत्र ९ गते, सोमबार ०१:३५

पोखरा: स्वाथ्य मन्त्रालयले पोखरासहित ३ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा परेका नामहरु सार्वजनिक गरेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक सूचि अनुुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरहरु श्रीकृष्ण श्रेष्ठ, ढुकुबहादुर श्रेत्री, विदुरबहादुर वस्ती, प्रल्हाद कार्की, सुरेन्द्र शेरचन, ध्रुवबहादुर अधिकारी, भरतबहादुर खत्री, गिरीधरी शर्मा पगेनी र सरोज शर्माको नाम रहेको छ ।
उपकुलपतिको लागि १२ जनाले आवेदन दिएकोमा ९ जनाको नाम प्रकाशित भएको हो । स्वास्थ्यमन्त्रीको संयोजकत्वमा गठित समितिले यीमध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ ।
उपकुलपति नियुक्तिमा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको चासो नै निर्णायक हुने स्रोतको दावी छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल डाक्टर वुद्धिबहादुर थापा उपकुलपति छन् ।
प्रतिष्ठानले गएको साउनबाट एमडी-एमएस ९स्नातकोत्तर० तहको पढाइ सुरु गरेको छ । प्रतिष्ठानमा जनरल सर्जरी र प्रसुूति तथा स्त्रीरोगमा ४, हाडजोर्नी, जनरल मेडिसिन, बालरोगमा २ तथा एनेस्थेसियोलोजीमा ३ जना गरी पहिलो ब्याचमा १७ जना विद्यार्थी छन् ।
प्रतिष्ठानले एमविविएसको पनि पढाई थाल्दैछ । तर,प्रतिष्ठानमा पूर्वाधारको भने कमी छ ।
प्रतिकृया