• 4:42 pm

४१ वर्ष पछि घर आएका दिपक आमासंग बोल्न सकेनन्

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०८:४५

इलामः ४० वर्ष देखि भारतीय जेलमा जीवन बिताइरहेका दिपक तिम्सिना आइतवार घर आइपुगेका छन् । इलामको फाकफोकथुम गाउँपालिका पूख्यौली घर भई हाल माईनगरपालिका १० का दिपक तिम्सिना घर आईपुगेका हुन् ।

शनिबार जेलमुक्त भएपछि आईतबार घरमा आईपुगेका हुन । कोलकातास्थित ‘दमदम सेन्ट्रलमा ४० वर्ष बिताएका दिपक आमाको अगाडी केहप् बोल्न सकेनन् । ४१ वर्षपछि छोरा भेट्दा खुसी बनेकी धनमायाँ छोरो नबोलेपछि चकित परिन् । दिपकका भाई प्रकाशले गाडीमा आएकाले विरामी भएको भनेर आमालाई थुम्थुम्याए । ‘मेरो छोरो यस्तो त थिएन के भएको हो थाहा पाइन ।’ आमाले भनिन् । दिपकले आमाको लागि ल्याएको मिठाई प्रकाशको सहयोगले आमालाई खुवाए ।

 

तर, दिपक बोल्न सकेनन् । ४१ वर्षपछि भेट भएको छोरो नबोलेपछि धनमायाले भनिन्, ‘बिरामी छ कि क्या हो, फोक्से मासु लागेको हो कि के भएको ।’ उनले विगत स्मरण गर्दै भनिन्, ‘कमाउन जान्छु भनेर हिँडेको मान्छे बल्ल फर्कियो, हलो जोत्दाजोत्दै हिँडेको थियो, सबैतीर खोज्यौँ, भेटिएन, अहिले बल्ल आयो ।’ भजित प्रकाशचन्दतर्फ हेर्दै उनले भनिन्, ‘एक महिनाभित्र ल्याउँछौँ भनेर कतिले भने–भने, तर यसले मात्रै ल्यायो । यसले बोलेको पूरा ग¥यो यसले पनि ल्याउँदैन कि भन्ने लागेको थियो, बाटो हेर्दाहेर्दा बल्ल लिएर आयो ।’

इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९ हाल फाकफोकथुम गाउँपालिका का २० वर्षे दीपक २०३७ साल माघमा मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए । त्यसयता घर नफर्केका उनी जिउँदै छन् या छैनन् भन्ने पनि परिवारलाई थाहा थिएन ।

उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका भनिए पनि यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

जाहेरीमा उल्लेख भए अनुसार दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिएपनि दाइलाई फसाउन फर्जी जाहेरी दिएको भाइ प्रकाश बताउँछन । राजधानी दैनिकबाट

प्रतिकृया