• 11:01 pm

नेपाली सेनाका महासेनानी केसी र प्रमुख सेनानी थापाको बढुवा

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०६:०८

काठमाडौँ : नेपाली सेनाका महासेनानी र प्रमुख सेनानी बढुवा भएका छन् । मन्त्रिपरिषद्को बैठकले सेनाका प्राविधिक महासेनानी डा. सरिता केसीलाई प्राविधिक सहायक रथीमा र प्राविधिक प्रमुख सेनानी डा. मुन थापालाई प्राविधिक महासेनानीमा बढुवा गरेको हो ।

त्यस्तै बैठकले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्षमा विनोदकुमार जोशीलाई नियुक्त गरेको छ । नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल तामाङ, सहन्याधिवक्ता श्यामकुमार भट्टराईलाई नायव महान्यायाधिवक्तामा बढुवा गरी महान्याधिवक्ताको कार्यालयमा पदस्थापन गरिएको छ ।

बैठकले सहसचिव तोयानाथ अधिकारीलाई बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेको छ ।

प्रतिकृया