• 9:59 pm

पाकिस्तान र बंगलादेशको भ्रमण गरेर नेपाली सेनाको टोली फिर्ता 

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०५:३७

काठमाडौँ: बंगलादेश र पाकिस्तान भ्रमणमा गएको नेपाली सेनाको ‘सैनिक कमाण्ड तथा स्टाफ कलेज’को टोली स्वदेश फर्किएको छ ।

 

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुले एक साता लामो बंगलादेश र पाकिस्तानको भ्रमण गरेर स्वदेश फर्किएको जानकारी दिएको हो ।

 

बंगलादेश गएको ४० सदस्यीय टोलीको नेतृत्व सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले गरेका थिए भने सोही कलेजका मुख्य शिक्षक महासेनानी विमलराज शर्माको नेतृत्वमा ४७ जनाको टोली पाकिस्तान पुगेको थियो ।

 

प्रतिकृया