• 10:46 am

छिमेकी देशमा कोरोना संक्रमण बढिरहेको हुँदा सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०५:५८

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत केही दिनयता छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढिरहेको हुँदा सचेत रहन आग्रह गरेको छ।

 

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा नेपालमा संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक तथा भिडभाड हुने कार्य नगर्न आग्रह गरिएको छ।

 

साथै मन्त्रालयले सामाजिक दूरी, मास्कको अनिवार्य प्रयोग, सेनिटाइजरको प्रयोग लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।

 

 

प्रतिकृया