• 1:15 pm

एनआईसी एशिया  लघुवित्त र स्वदेशी लघुवित्तको एकिकृत कारोबार शुरु

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०४:२३

काठमाडौं : एनआईसी एशिया  लघुवित्त र स्वदेशी लघुवित्तको एकिकृत कारोबार शुरु भएको छ । एनआईसी एशियाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तका अध्यक्ष लालमणी जोशीले संयुक्त रुपमा एकिकृत कारोबारको शुभारम्भ गरे ।

मर्जरपछि संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुगेको छ । अब एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड​को नामबाट एकीकृत कारोबार हुने जनाएको छ । कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरपालिका वडा नं ९, सुनसरीमा रहने समेत संस्थाले जनाएको छ ।

दुवै कम्पनीको माघ ४ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि फागुन २३ गते नै स्वीकृती प्रदान गरिसकेको छ ।

मर्जर पश्चात कुल शाखा संख्या २२३ पुगेको छ । त्यस्तै, मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी १५ अर्ब भन्दा माथि पुग्नेछ ।

प्रतिकृया