• 11:21 pm

हुम्लाको सिडिओ कार्यालय नजिकै शंकास्पद बस्तु फेला

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार ०४:५७

सिमकोट: हुम्लाको जिल्ला प्रशासन कार्यालयको सामुन्ने रहेको कर्मचारी मिलन केन्द्र नजिकै शंकास्पद वस्तु फेला परेको छ। कर्मचारी मिलन केन्द्रको शौचालयको सेफ्टी ट्यांकी नजिकै उक्त शंकास्पद वस्तु भेटिएको हो।

सरसफाईका क्रममा पाइप बमजस्तै देखिने शंकास्पद वस्तु भेटिएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। जमिनमुनि गाडिएको अवस्थामा सरसफाई गर्ने व्यक्तिले उक्त बस्तु देख्दा शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए।

 

उक्त बस्तु ‘जनयुद्ध’को समयमा छुटेको बम हुनसक्ने प्रहरीको आशंका छ। द्वन्द्वकालमा त्यसको नजिकै रहेको जिल्ला विकास समितिमा माओवादीले बम विष्फोट गरेको थियो। थप अनुसन्धानका लागि नेपाली सेनाको टोली शंकास्पद बस्तु भेटिएको स्थानतर्फ जाँदै गरेको शर्माले बताए।

प्रतिकृया