• 10:22 pm

गुट भेला गर्नेलाई ओली पक्षीय एमाले संसदीय दलले स्पष्टिकरण सोध्ने

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार ०४:४०

काठमाडौ: अध्यक्ष केपी शर्मा ओलीले डाकेको नेकपा एमाले संसदीय दलको बैठकले गुटगत गतिविधि गर्नेहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। गुटगत गतिविधि गर्नेलाई दलको बैठकले संसदीय बोर्डमार्फत स्पष्टिकरण सोध्ने निर्णय गरेको बैठकमा सामेल सांसद शेरबहादुर तामाङले जानकारी दिए।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला नगर्न निर्देशन दिएका थिए। तर नेपाल पक्षले ओलीविरुद्ध १७ बुँदे प्रस्ताव पारित गर्दै भेला सम्पन्न गरेको थियो।

बैठकले विधान संशोधनको प्रस्तावसमेत पारित गरेको छ। सो प्रस्ताव अन्तिम अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लगिएको छ। केन्द्रीय कमिटी बैठक जारी छ।

प्रतिकृया