• 1:08 pm

एमाले बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार ११:४०

काठमाडौं : एमाले नेता वामदेव गौतम पार्टीको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । उनी केही बेरअघि बालुवाटार प्रवेश गरेका हुन् ।

 

शनिबार पार्टी संसदीय दल तथा केन्द्रीय कमिटी बैठक बोलाइएको छ भने सोही बैठकमा गौतम सहभागी हुने एमाले राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिए ।

 

पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएको सन्दर्भमा गौतम बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार पनि गौतमले सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए । पार्टीका माधव नेपाल पक्षले भने बैठकमा उपस्थिति नहुने निर्णय गरिसकेको छ ।

प्रतिकृया