आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै
प्रकाशित मिति
२०७७ चैत्र ७ गते, शनिबार ०६:२४

काठमाडौँ: आज ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि चेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले आज विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेको हो ।
मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि मनाउन लागिएको डेन्टल एशोसियसनले जानकारी दिएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ राख्न जरूरी रहेको चिकित्सकहरू बताउँछन् ।
वर्ल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।
नेपालमा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिँदै आएको छ ।
प्रतिकृया