• 12:35 pm

ग्रिन कफीले एक सातामै १३ केजीसम्म तौल घट्छ भन्ने प्रचारले सुरु गराएको अनुसन्धान

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार ०५:३७

काठमाडौँ: ग्रिन कफीको सेवनले एक सातामै १३ केजीसम्म तौल घट्ने भन्दै प्रचार प्रसार र विक्री वितरण गर्नेहरु एक विदेशीसहित दुई जना पक्राउ परेका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँको खुशिबु बस्ने रुसी नागरिक ३० वर्षीय इगोर कुत्स र सोही स्थान बस्ने कास्कीका ४२ वर्षीय आशिष आचार्यलाई पक्राउ गरेको हो।

प्रहरीले उनिहरुको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ केजी ग्रिन कफी, विक्री वितरणको तयारी अवस्थामा राखिएको एक सय ग्रामको कफीका २ हजार ८ सय २२ प्याक बरामद गरेको छ। आचार्य टिम वान सप्लायर्सका सन्चालक हुन् ।

सीआईबी प्रमुख सहकुल थापाले सामाजिक सन्जालहरुमा एक सातामै १३ केजी तौल घट्छ भन्ने खालका प्रचारहरु देखेपछि अनुसन्धान सुरु गरिएको र पछि पिडितहरु सम्पर्कमा आएको बताए ।

नेपालका विभिन्न स्थानबाट प्रतिकेजी ९ सय ६० रुपैयाँमा खरिद गरेर उनिहरुले त्यसलाई प्रतिकेजी २० देखि ४० हजार रुपैयाँसम्म विक्री गर्ने गरेको सीआईबीले जनाएको छ।

प्रतिकृया